मेरो मन रोइ रहेको थियो
अहिले देखी होइन पहिले देखी रोइरहेको थियो ।
गर्दा गर्दै पनिको असफलतामा मन् रोयो
अनी अत्मा विश्वाशको अभाबमा मन् रोयो ।
म र ऊ बिच फरक छुट्याउँदा मन् रोयो
अनि मलाइ ऊ संग दांजेको देखेर यो मन् रोयो ।
असफलतामा एक्लो पनको आभाष थियो
अनि सफलतामा आँफै हराऊने भिंड संगै थियो ।
दु:खमा नचाहिंदो समबेदना थियो
अनि सुखमा खुट्टा तान्नेको भिंड थियो ।
त्यसैले मन् रोइरहेको थियो मात्र रोइरहेको थियो ।
सपना केहि जलेर खरानि भैसकेको थियो
त केहि धुवामा रुमलि रहेको थियो ।
सपना पुरा नहुने डर यो मनमा थियो
त्यसैले, सपना विपनामा पुरा भएको सपना देखेर
यो मन् रोयो, धेरै रोयो, धेरै रोयो
Let's Be there with NATURE
