मात्र मन पराइ रहे केही बोल्न सकिन

रात ढल्दै गयो अनी बिहानिमा लाली चाडदै गयो
बल्ल बल्ल उठनै पर्ने भएर उठेको म आफुलाई सम्हाल्दै
झ्यालबाट त्यो बिहानि निहल्न पुगे

हिमालमा टल्केका ति घामका सुनौल किरणहरु
पहाडबाट बाफिएर उडेका ति सितका थोपाहरु
चराका चिर्बिर र हावाका ति सुस्केराहरु
सबै अधुरा थिए, खै किनहो सबै अधुर थिए

मनमा उदासि छायो अनी आँखा चिम्लेर आफुलाई सम्हल्न खोजे
त्यतिकैमा एउटा मधुर संगीतमा चराहरु गाँउन थाले
अनी हावाका लहरहरु सबै एकैतिर बहन थाले
म पनि सँग सँगै लगेर बहिर निस्के
अनी तीनलाई देखेर टक्क अडिए
आह उनको त्यो सुन्दरता

हिमालि किरणको चमक त्यहि थियो,
सितको थोपाको पवित्रता त्यही थियो
चराहरुका ति मधुर संगीत उनमै लछित थिए
अनी हावाका हरेक लहरहरु उनकै स्पर्शका निम्ती लल्लित थिए

आहा बगैचामा अज एउटा फुल फुलेछ
इन्द्रेनीको सातै रंग उनमा चडेछ
मै हुँ भन्ने गुलाफ को सुगन्धनी उन्को सामु फिका परेछ
आहा बगैचामा अज एउटा फुल फुलेछ

चिर्बिर चिर्बिरका तालमा उनी मस्त थिइन
हावाका लहरहरु सँग उनी बहकिदै थिइन
म भने उनलाई निहाली रहेको थिए
एक टकले उनलाई मात्र् हेरिरहेको थिंये

अबत उन्ले मलाई देखे जस्तो लाग्यो
मलाई जिस्काएर सोधे जस्तो लाग्यो
मेरो भने मनमा लाखौं लहरहरु उठे तर बोली फुटेन
नजिक गएर उन्लाई छुने हिम्मत जुटेन

उनमा त्यो चमक थियो जुन आरु कसैमा भेटिन
उनमा त्यो लज्जा थियो जुन अरु कसैमा देखिन
उनको त्यो सादापन मन पराइ रहे केही बोल्न सकिन
मात्र मन पराइ रहे केही बोल्न सकिन।

Let's Be there with NATURE

Let's Be there with NATURE